
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडलेको ५० हजार कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० तोकेर उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यो शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने कम्पनीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस