aarthiknews.com शुक्रबार, १७ असार २०७९   Friday, 01 July, 2022
 
Blue Diamond

४ लाख ४९ हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्दै अपि पावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
४ लाख ४९ हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्दै अपि पावर
Global IME
LBF

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर जेठ १८ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्ने भएको हो । 

चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँट गरिएको थियो । 

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । जेठ २६ गतेसम्म इच्छुक खरीदकर्ताहरुले कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौं , मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र मुक्तिनाथ विकास बैंकको ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर,वीरगंज, नारायणगढ, सुर्खेत, नपालगंज, धनगढी र जनकपुर शाखाबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । अवितरित हकप्रद शेयर समेत बाँडफाँट पश्चात् अपिको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । अपिले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन अपिले हकप्रद निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस