aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

एनएमबि बैंकको उर्जा ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
एनएमबि बैंकको उर्जा ऋणपत्र बाँडफाँट
Global IME
LBF

काठमाडौं । एनएमबि बैंक लिमिटेडले विक्री गरेको उर्जा ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३÷९४’ नामको ऋणपत्र बिक्री गरेको थियो । यो ऋणपत्र ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रहेको छ । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र जेठ १० गते बाँडफाँट गरिएको हो । बाँडफाँटको तथ्याङ्क हेर्दा बैंकको उर्जा ऋणपत्र पूर्ण रुपमा विक्री भएको देखिएन । बैंकले कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री खुला गरेको थियो भने १४ लाख कित्तामध्य ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी बाँकी १३ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२÷९३’ नामको ऋणपत्र बिक्री गरेको थियो ।

बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको थियो । ऋणपत्र बिक्री प्रबन्धकको जिम्मेवारी भने  सिद्धार्थ क्यापिटल लिमिटेडले पुरा गरेको छ । 

प्रतिक्रिया दिनुहोस