aarthiknews.com शनिबार, ११ असार २०७९   Saturday, 25 June, 2022
 
Blue Diamond

यस वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
nabil bank
यस वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे
Global IME
LBF

काठमाडौं । अहिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।   

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए । नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धिलगायतको लक्ष्य लिइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे गरिएको बताईन् । साथै उनले एक सय पुल निर्माण गरिएको समेत बताईन् ।  त्यस्तै, उनले यसवर्ष ६ सय मेगावाट विद्युत उत्पादन भएको समेत बताईन् । 

प्रस्तुत नीति तथा कार्यक्रममा बन्द रहेका उद्योगहरु पुनः सञ्चालनमा ल्याईनेछ । बीमालाई उत्पादन र उत्पादकत्वसंग आवद्ध गरिने जनाईएको छ । साथै सहकारीलाई रोजगारीसंग आवद्ध गरिनुका साथै अनुगमन प्रभावकारी बनाइनेछ । सहकारी कोषलाई एक आपसका गाभि दक्षताका साथ अगाडी बढाईनेछ । 

प्रतिक्रिया दिनुहोस