aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

साल्ट ट्रेडिङ कर्पोरेशनसहित तिन कम्पनीको शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
nabil bank
साल्ट ट्रेडिङ कर्पोरेशनसहित तिन कम्पनीको शेयर सूचीकृत
Global IME
LBF

काठमाडौं । मंगलवार नेप्सेमा तिन छुट्टा छुट्दै कम्पनीको शेयर सूचीकृत भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्सको शेयर सूचीकृत भएको हो । 

साल्ट ट्रेडिङ कर्पोरेशन को २ लाख ३० हजार ४८२ दशलमव ९० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी सेन्ट्रल फाइनान्सले ६ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । कम्पनीले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

समृद्धि फाइनान्स कम्पनीले १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर सूचीकृत गराएको छ । कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । यी  तिनओटै कम्पनीको बोनस शेयर र हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस