aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

प्रहरीका पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ जेठ २०७९
प्रहरीका पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस
NIBL

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।  

समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस