भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन
LBEF
NCH-IPS

एजेन्सी ।  ६७ वर्षिय भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । किड्नी टन्सप्लान्ट गरेकी स्व मंगलबार राती एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

सानै उमेरदेखि राजनीतिमा चासो राख्ने स्वराजले पहिलो चुनाव सन् १९७७ मा २५ वर्षको उमेरमा लडेकी थिइन् । हरियाणबाट चुनाव लडेकी उनी त्यसबेला सबैभन्दा युवा विधायक बनेकी थिइन् । त्यसलगत्तै उनी मन्त्री समेत बनेकी थिइन् । त्यसपछि सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री समेत बनेकी थिइन् ।

१९९६ मा उनी दक्षिणी दिल्लीबाट उनी सांसद बनेकी थिइन् । त्यसबेला उनी तत्कालीन अटलबिहारी बाजपेयीको सरकारमा १३ दिन सञ्चारमन्त्री समेत बनेकी थिइन् । सन् २००९ र २०१४ मा लगातार भाजपाको तर्फबाट लोकसभा चुनाव जितेकी थिइन् । १९५२ मा जन्मेकी स्वराज इंदिरा गांधीपछि विदेश मन्त्रालय सम्हाल्न दोस्रो भारतीय महिला हुन । 

प्रतिक्रिया दिनुहोस