डिजेल/मट्टितेलको मूल्य वृद्धि, ग्यासको मुल्य घट्यो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

डिजेल/मट्टितेलको मूल्य वृद्धि, ग्यासको मुल्य घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
Sunrise bank
डिजेल/मट्टितेलको मूल्य वृद्धि, ग्यासको मुल्य घट्यो
LBEF
NCH-IPS

काठमाडौं । नेपाल आयल निगमले खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर  एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर  २५ रुपैयाँ घटाई मूल्य समायोजन गरिएको छ ।

जसअनुसार काठमाडौं (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र) मा पेट्रोल रु १०९ प्रतिलिटर र डिजेल र मट्टितेलमा  ९७ रुपैयाँ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाडौँको हकमा) एक हजार ३७५ रुपैयाँ  प्रतिसिलिण्डर कायम गरिएको छ । 

मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस