आन्तरिक विभागकोे राजस्व लक्ष्य पुगेन - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

आन्तरिक विभागकोे राजस्व लक्ष्य पुगेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
Sunrise bank
आन्तरिक विभागकोे राजस्व लक्ष्य पुगेन
LBEF
NCH-IPS

काठमाडौं । आन्तरिक राजस्व विभागले आफुले लिएको लक्ष्य भन्दा १२ प्रतिशत कम राजस्व उठाएको छ । 

विभागले २०७५/७६ मा ८८.७ प्रतिशतले राजस्व संकलन गरि ३ खर्ब ९८ अर्ब ३५ करोड रूपैयाँ संकलन गरेको छ । २०७५/७६ मा ४ खर्ब ४ अर्ब २२ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । 

राजस्व विभागले सबै भन्दा धेरै राजस्व आयकरबाट उठाएको छ । आयकरमा २ खर्ब २५ अर्ब २८ करोड राजस्व उठाउने लक्ष्य लिएकोमा १ खर्ब ९२ अर्ब ७८ करोड राजस्व संकन गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक यज्ञ प्रसाद ढुंगेलले बताए । 

राजस्व विभागले मुल्य अभिबृद्धि करमा १ खर्ब २ अर्ब १ करोड लक्ष्य लिएकोमा ८८ अर्ब २९ करोड रूपैयाँ  संकलन गरेको छ । लक्ष्य भन्दा कम ८६.७ प्रतिशत मात्र राजस्व उठेको छ । 

अन्तःशुल्कमा ७६ अर्ब ११ करोड लक्ष्य लिएकोमा ९६.७ प्रतिशत अर्थात् ७३ अर्ब ६१ करोड राजस्व संकलन गरेकोे आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ । 
राजस्व बिभागले अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले राजस्वमा बृद्धि गरेको थियो । 

२०७४/७५ मा २ खर्ब ९९ अर्ब ९१ करोड राजस्वको लक्ष्य लिएकोमा २ खर्ब ९८ अर्ब ७३ करोड रूपैया संकलन गरेको थियो । यो राजस्वा विभागले राजस्व उठाउन लिएको लक्ष्यको ९९.६ प्रतिशत रहेको थियो । 

यो वर्ष लक्ष्य बढि भएकोले राजस्व कम उठेको महानिर्देश ढुंगेलका भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस