
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २६ हजार ५९१ मत ल्याएर अग्रस्थानमा छन् । ७० हजार ३८९ मत गन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४ हजार १६५ मत ल्याएका छन्। बालेनले एमाले उम्मेदवार स्थापितभन्दा १२ हजार ४२६ मत बढी ल्याएर अग्रता कायम राखेका छन्।
त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत ल्याएकी छन्। कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६०३ मतले अगाडि छन्।
यो मतपरिणाम १, ,२, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०,३१ र ३२ वार्डको हो। काठमाडौं महानगरपालिकामा ३२ वटा वडा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस