नेप्सेमा ९ अंकको गिरावट, कारोबारमा कृषि बैंक अगाडि - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

नेप्सेमा ९ अंकको गिरावट, कारोबारमा कृषि बैंक अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
Sunrise bank
नेप्सेमा ९ अंकको गिरावट, कारोबारमा कृषि बैंक अगाडि
LBEF
NCH-IPS

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ दशमलव ३६ अंकले घटेर १ हजार २ सय ४५ दशमलव ७३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ९१ अंकले घटेर २ सय ६९ दशलमव १० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । जसको कारोबार आज ८ करोड ५४ लाख ४१ हजार रुपैयाँ बराबरको भएको छ । आज मात्र कृषि विकासले चौथो त्रैमासिक विवरण प्रकाशित गरेको थियो । जसले ४ अर्बमथि कमाएको थियो । 

यस दिन सर्वा्िधक कमाउनेमा जोशि हाइड्र«ोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा २ दशमलव ७४ प्रतिशतले बढेको छ । साथै सर्वा्िधक गुमाउनेमा सपोट माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ । 

यस दिन १२ वटा उपपरिसुचकहरुमा सबै समूहहरु घटेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस