काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साहले २० हजार भोट कटाएका छन् । उनले २० हजार २६ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १० हजार ६३८ मत ल्याएका छन् भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ९ हजार ५६५ मतसहित तेस्रो स्थानमा रहेकी छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल अग्रस्थानमा छिन् । उनले हालसम्म १८ हजार भन्दा बढी मत पाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस