
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले तीन जीवन बीमा कम्पनीहरुको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको हो ।
उल्लेखित कम्पनीहरुबीच वैशाख २९ गते मर्जरमा जाने प्राम्भिक सम्झौता भएसँगै नेप्सेले कारोबार रोक्का गरेको हो । बीमा क्षेत्रमा यतिवेला पूँजीबृद्धिको अभियान चलिरहेको छ ।
यी कम्पनीहरुले बीमा समितिले तोके बमोजिमको चुक्तापूँजी कायम गर्न मर्जरको बाटो रोजेका हुन । बीमा समितिले आगामी एक वर्षभित्रमा जीवन बीमा कम्पनीले रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्न गत चैत १० गतेनै निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस