aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीले गरे यस्तो आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
nabil bank
श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीले गरे यस्तो आह्वान
Global IME
LBF

कोलम्बो । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् । 

उनले सोमबार साँझ एक सन्देशमा भनेका छन्– यतिखेर देश निकै नै अप्ठेरो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ । दक्षिण एसियाली मुलुक यतिखेर आर्थिक तथा राजनीतिक संकटमा गुज्रिएको छ । तर यहाँ राजनीतिक संकटका समयमा पनि आन्दोलन भने जारी नै रहेको छ । उता श्रीलंकामा सोमबारदेखि नौ घण्टे कफ्र्यु आदेश जारी गरिएको छ । 

सरकारले घोषणा गरेको कफ्र्यु सोमबार बेलुका ८ बजेदेखि लागू भइ बिहान पाँच बजेसम्म कायम रहने भएको छ ।विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कफ्र्यु आदेश जारी गरेको हो । विषेश गरेर आर्थिक संकट बढेपछि महंगी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए ।

केही दिनअघि राष्ट्रपति गोटावाय राजापाक्षले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् । सिन्ह्वा   

प्रतिक्रिया दिनुहोस