aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

रिभर फल्सको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
nabil bank
रिभर फल्सको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन
Global IME
LBF

काठमाडौं । वैशाख २८ गतेदेखि सार्वजनिक निष्कासनमा आएको रिभर फल्स पावर लिमिटेडको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार जेठ ३ गते विहान १० बजेर ११ मिनेटको अवधिसम्म १४ लाख ६१० जना आवेदकहरूबाट १ कराड ६२ लाख ६९ हजार कित्ता शेयर खरीदको माग भएको हो । 

कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो । 

सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधि जेठ ४ गतेसम्म मात्र विक्रीमा रहने निश्चित भएको छ ।

खरीद कर्ताहरुले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपूर्व पहिलो चरणमा चैत २७ गतेदेखि वैशाख गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर बाँडफाँट गरेको हो । 

हाल संस्थापक तर्फ ५१ प्रतिशत बराबरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी रू. ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर विक्री गरेको हो भने कर्मचारी सहित सर्वसाधारणमा ३९ प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७÷७८ सम्म वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ८७ दशमलव ९८ रहेको छ । यहि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस