aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

जाल्पा सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
जाल्पा सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, लाभांश नदिने
NIBL

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १ गतेको सञ्चालक समितिको बैठकले बुटवल, रुपन्देहीमा सभा गर्ने निर्णय गरेको हो । 

नेप्से मार्फत जानकारी गराएको कम्पनीले सभाको समय भने सुचनामा उल्लेख गरेको छैन् । गत माघमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो वर्ष लाभांश नदिने भएको छ । 

कम्पनीले जारी गरेको सुचनामा लाभांश तथा हकप्रद प्रस्ताव भने नगरेको उल्लेख छ । साधारण सभा प्रयोजनका लागि भने जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति कम्पनीले तय गरिसकेको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस