aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

विन नेपाल लघुवित्तको लाभांश संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
विन नेपाल लघुवित्तको लाभांश संशोधन
NIBL

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । यस अघि आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट कुल ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले अब ९ दशमलव ८३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

यस अघि कम्पनीले रू. ६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बानस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको चैत १३ गतेको सञ्चालक समितिले गरेको उक्त निर्णय कम्पनीको वैशाख २९ गतेको सञ्चालक समितिको बैठकले संशोधन गरेको हो । 

संशोधित लाभांश अनुसार कम्पनीले साविकको विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था मर्जपश्चात् कायम चुक्तापूँजी रू. ७ करोड २४ लाख ४१ हजारको आधारमा ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश जेठ २० गते पारित हुनेछ । कम्पनीले जेठ २० गते प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारितका लागि सातौ वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि जेठ ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । 
बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन वैशाख २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस