aarthiknews.com शनिबार, ११ असार २०७९   Saturday, 25 June, 2022
 
Blue Diamond

काठमाडौंको तारकेश्वरमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
nabil bank
काठमाडौंको तारकेश्वरमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
Global IME
LBF

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गरेका सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए । यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गरेका छन् । 

यस्तै उपप्रमुखमा काँग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी  एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोखरेलले बताए । यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गरेका छन् ।

कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस