
काठमाडौं । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४ हजार ५ सय मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार ६१४ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५ हजार १०४ मत ल्याएका छन्। त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छन्। यी २ जनाको पनि मतअन्तर बढ्दै गएको छ ।
त्यसैगरी उपमेयरमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगालेको मत ९ हजार ४२१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस