_20220516094635.jpg)
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनी ५ हजार ७२२ मतका साथ अगाडि छिन् । उनलाई नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् । उनले हालसम्म ५ हजार ६९० र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८९ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८६ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ६४५ मत परेको छ । ४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८२ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस