aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
nabil bank
काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
Global IME
LBF

काठमाडौं । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन । श्रेष्ठले दुई हजार ३१७ मत पाएका नगर निर्वाचन कार्यालय जनाएको छ । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाएका छन ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याएका छन । नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरेका छन । जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाएका छन ।

 नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उनले तीन हजार ४९४ मत पाएका छन । उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएका छन । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छन ।

 एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएका छन । नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस