
काठमाडौं । गत बैशाख महिनामा अन्नपूर्ण चिनी मिलका सञ्चालकसहित १३२७ जना ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले समयमा ऋण तिर्न नसकेको भन्दै अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज प्राइभेट लिमिटेडका सञ्चालक राकेह कुमार अग्रवाल, राहुल अग्रवाल, प्रभा अग्रवाल र ज्ञानप्रसाद भट्टराई कालोसूचीमा राखेको हो ।
कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीयबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको छ । बैशाख महिनामा मात्रै १३२७ जना ऋणीहरु कालोसूचीमा परेका छन् ।
कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार बैशाख महिनामा १३२७ व्यक्ति तथा संस्थाहरु कालोसूचीमा परेका हुन् । यस महिनामा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।
कर्जा सूचना केन्द्रका अनुसार नयाँ वर्षको दोस्रो दिन अर्थात बैशाख २ गते न्यु पञ्चकन्या फर्निचर उद्योग, शान्ती एग्रो प्रोडक्ट तनहुँ प्राइभेट लिमिटेड, प्रवेश ब्रोदर्श कन्ट्रक्सन, डीएल फिल्म्स एण्ड एडभर्टाजिङ प्राली र कालोसूचीमा परेका छन् । यससंगै यस दिन ३५ व्यक्ति, व्यापारी तथा कम्पनी कालोसूचीमा परेका छन् ।
त्यस्तै, बैशाख ४ गते होटल अन्नपूर्ण पनि कालोसूचीमा परेको छ । जसको सञ्चालक सरोज कुमार चौधरी रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । अल नेपाल ट्रान्सपोर्ट, चाल्नाखेल हार्डवेयर एण्ड सप्लायर्ससहित यस दिन ४० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।
बैशाख महिनाको ५ गतेदेखि १६ गतेसम्मको अवधिमा महाकाल कृषी एग्रोभेट सप्लायर्स, ट्रेडमाण्डु ट्रेडलिंक, हंश खाद्य सप्लायर्स, अदिती इमपोर्ट एण्ड एक्सपोर्ट प्राली, श्रीओम एग्रो फार्म, स्काई नेपाल हेभि इकयुपमेन्ट प्राली, सबिन एण्ड ब्रोदर्श रियल स्टेट प्राली, क्रियन्स इन्जिनियरिङ प्राली, जयश्री रावल फेन्सी स्टोर्स कालोसूचीमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस