aarthiknews.com शुक्रबार, १७ असार २०७९   Friday, 01 July, 2022
 
Blue Diamond

ट्यालेन्ट हन्टको अडिसन खुल्ला, पचास लाख जित्ने अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
nabil bank
ट्यालेन्ट हन्टको अडिसन खुल्ला, पचास लाख जित्ने अवसर
Global IME
LBF

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साइना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ । सोका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नेछन् ।

रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन भने निर्देशकमा हरी शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला रहेका छन् । सोमा विजेता हुने प्रतियोगीले पचास लाख देखि विभिन्न अबसर सम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउन सक्ने आयोजकको दाबी छ ।

अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ आयोजकको ठेगानामा पठाउनु पर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दै लैजानुपर्नेछ । असोजमा विजेताको छनोट गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस