aarthiknews.com शनिबार, ११ असार २०७९   Saturday, 25 June, 2022
 
Blue Diamond

उत्तर कोरियाले जारी गर्यो कडा मापदण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
nabil bank
उत्तर कोरियाले जारी गर्यो कडा मापदण्ड
Global IME
LBF

ऐजेन्सी । उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । तर पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ ।
 
यहाँ शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियालमा पछिल्ला केही दिनहरुमा ज्वरोका विरामी बढेका पाइएको छ । ती ज्वरोका विरामीहरुमा कोभिड भएको आशंका पनि गरिएको छ । यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ती ज्वरोका विरामीहरुको उपचारका काम भएको छ । यहाँ ज्वरो आउने विरामीको संख्या बढ्दै गएको पनि बताइएको छ ।ती ज्वरोका विरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको बताइएको छ ।

यहाँका नागरिकले कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।उत्तर कोरियाको राजधानीमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिए अनुसार देशव्यापी रुपमा लकडाउन भइरहेको बताइएको छ । सिन्ह्वा  

प्रतिक्रिया दिनुहोस