aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

काठमाडौं महानगरको मतगणना गनाइ २ घण्टामा १०० मत गणना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
nabil bank
काठमाडौं महानगरको मतगणना गनाइ २ घण्टामा १०० मत गणना
Global IME
LBF

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ । सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी सुरुआत गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सामान्य अग्रता लिएका छन । 

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बलेन्द्र शाह९बलेन०ले जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा अग्रता पाएका छन् । 

उनले १५७ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १०९ र एमालेका उम्मेदवार केशव स्थापितले ९७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारले अग्रता पाएपछि काठमाडौंको महानगरपालिकाको मतगणना स्थल राष्ट्रियसभा गृहमा शाहाका समर्थकहरुले नाराबाजी गर्न थालेका छन् । 

काठमाडौं महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको सङ्ख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ । वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस