
काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो ।
निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ । कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु भएको छ ।
२० मत गणना हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् । सिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३ मत पाएका छन् । एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस