
चितवन । भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । यसअघि ९ बजेदेखि नै मतगणना सुरु हुने भनिएपनि प्राविधिक कार्यहरु बाँकी रहेकाले सुरु हुन ढिलाइ भएको हो ।
भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । उक्त मतगणना स्थललाई कडा सुरक्षा घेरामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस