aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

विराटनगर महानगर र घोराही उपमहानगरपालिकोको मतगणना शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
nabil bank
विराटनगर महानगर र घोराही उपमहानगरपालिकोको मतगणना शुरु
Global IME
LBF

विराटनगर । विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ । महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिए । 

विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा  ८९ हजार ६७८९६७ दशमलव ३५ प्रतिशत० मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् ।  उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७दशमलव७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 यसैबीच जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा मतगणना जारी रहेको तर तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि गरिने भएको छ । 

उक्त उपमहानगरपालिकाको वडा नं १७ मा नेकपा ९एमाले०बाट वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि  मतगणना गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस