
काठमाडौं । पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनको क्षेत्र रोल्पाको माडी गाउँपालिकामा एमाले काँग्रेसको गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारविरुद्ध एमाले–कांग्रस गठबन्धनका उम्मेदवारले अग्रता बनाएका हुन। माओवादी केन्द्रका नेता वर्षमान पुनको गाउँ माडीचौर यहीँ गाउँपालिकामा पर्छ।
गाउँपालिका अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका विजयकुमार घर्ती मगरले ४ सय १६ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका उम्मदेवार अमरसिंह घर्ती मगरले ४ सय ८ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस