
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ को वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छन् । उक्त वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्। रेसुङ्गा नगरपालिका वडा नं ३ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बाबुराम बिजयी भए । त्यस्तै रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिएका छन्।
प्रतिक्रिया दिनुहोस