
एजेन्सी । युनाइटेड अबर इमिरेट्का राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको शुक्रबार निधन भएको छ । एमिरेट्स समाचार एजेन्सी (डब्ल्यूएएम)को रिपोर्टका अनुसार आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको मामिला मन्त्रालयले शेख खलिफाको मृत्यु भएको घोषणा गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिको मामिला मन्त्रालयले राष्ट्रका राष्ट्रपति महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा शोक व्यक्त गर्दछ ।“ मन्त्रालयले स्वर्गीय शेख खलिफा बिन जायद अल नाह्यानको सम्झनामा आजदेखि ४० दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाएर औपचारिक शोक मनाउने घोषणा गरेको छ । मन्त्रालय, विभाग, संघीय र स्थानीय निकाय र निजी क्षेत्रको काम शनिबार (भोलि) बाट ३ दिनका लागि स्थगन गरी मंगलबारबाट सुचारु हुने भएको छ ।
शेख खलिफा युएइको दोस्रो राष्ट्रपति र अबु धाबीको एमिरेटको १६ औं शासक हुन । उनले संघीय संवैधानिक अधिकार युएइको राष्ट्रपतिको रूपमा ग्रहण गरे र नोभेम्बर ३ को २००४ मा अबु धाबीको इमिरेट्सको शासक बनेका थिए । आफ्नो स्वर्गीय बुबा शेख जायद बिन सुल्तान अल नाह्यानको उत्तराधिकारी बने जसको २ नोभेम्बर २००४ मा निधन भएको थियो ।
शेख खलिफाको जन्म १९४९ मा अबु धाबीको इमिरेट्सको पूर्वी क्षेत्रमा भएको थियो । उनले आफ्नो प्राथमिक शिक्षा अल ऐन शहरमा प्राप्त गरे जुन यस क्षेत्रको लागि प्रशासनिक केन्द्र थियो । उनी स्वर्गीय शेख जायद बिन सुल्तान अल नाह्यानका जेठा छोरा हुन र उनकी आमा शेख हिसा बिन मोहम्मद बिन खलिफा बिन जायद अल नाह्यान हुन ।
प्रतिक्रिया दिनुहोस