
काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति उद्योगी विनोद चौधरीले नवलपरासी नबलपुरको देवचुली नगरपालिका २ मा मतदान गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट सांसद समेत रहेका चौधरीले दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका हुन्।
शुक्रबार बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। आज दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जनाइएको छ । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस