aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

एनएमबि सरल बचत फण्ड–इ को इकाई कारोबार हुने दिन परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
nabil bank
एनएमबि सरल बचत फण्ड–इ को इकाई कारोबार हुने दिन परिवर्तन
Global IME
LBF

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ को इकाई कारोबार हुने दिन परिवर्तन भएको छ । यस अघि आइतवारदेखि बिहीवारसम्म कारोबार हुदै आएको उक्त इकाई जेठ १ गतेदेखि सोमवारदेखि शुक्रवारसम्म कारोबार हुने भएको हो । 

खुलामुखी प्रकृतिको यस योजनाको इकाई कारोबार हुने दिन नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसँगै परिवर्तन भएको हो । 

धितोपत्र दोस्रो बजारमा सूचीकृत नभई कोष व्यवस्थापकको कार्यालयबाट कारोबार गर्न सकिने यो इकाई सोमवार विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म कारोबार गर्न सकिने व्यवस्था छ । शनिवार , आइतवार तथा अन्य सार्वजनिक विदाका दिन कार्यालय काउन्टर बन्द रहने जानकारी समेत कोष व्यवस्थापक एनएमबि क्यापिटलले दिएको छ ।

प्रतिक्रिया दिनुहोस