
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ९ हजार ८४६ कित्ता संस्थापक शेयर वैशाख ३० गतेदेखि विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र निवेदन पेश गुर्नपर्नेछ । कम्पनीको केन्द्रिय कार्यालय रत्ननगर, टाँडी, चितवनमा पुग्ने गरी तोकिएको अवधिभित्र निवेदन पेश गर्न कम्पनीले शुक्रवार ३५ दिने सुचना जारी गरेको हो ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री प्रकृया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस