aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

मतदान केन्द्रभित्र यी कुराहरु गर्न निषेध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
मतदान केन्द्रभित्र यी कुराहरु गर्न निषेध
NIBL

काठमाडौं । आज (वैशाख ३० गते शुक्रबार) देशभरका स्थानीय तहको निर्वाचन शुरु भइसकेको छ। बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा आफ्नो मतदान गर्न मतदाताहरू विहानै देखि लाइन बस्न बसिरहेका छन् । मतदान गर्न जाँदा मतदान केन्द्रमा कतिपयले थाहा नपाई गर्न नहुँने कुरा पनि गरिरहेका हुन्छन् । त्यसैले मतदान केन्द्रमा यस्ता कुराको ध्यान दिनुहोला :

मतदान गर्न जाँदा मतदान केन्द्रमा के गर्न पाइँदैन ? 

  • मोबाइल, क्यामेराजस्ता फोटो खिच्ने सामग्री लग्न निषेधित छ।
  • सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ लौजान पाइँदैन् ।
  • मतदान केन्द्रमा कुनै पनि प्रकारका हात हतियारहरु लग्न निषेध गरिएको छ।
  • नमूना मतपत्रलगायतका कागजात लग्न पाइने छैन।
  • कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु बोक्न पनि निषेध छ । 

प्रतिक्रिया दिनुहोस