
काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र प्रदेश १ का एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राती प्रदेश नं. १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं. १ का केही स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
प्रतिक्रिया दिनुहोस