
काठमाडौं । सर्वोच्च अदालतले नविल बैंक र नेपाल बंगलादेश(एनबी)को एक्विजेशन प्रक्रिया अगाडि नबढाउन अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायधीश बमबहादुर श्रेष्ठको एकल इजलाशले यस्तो निर्णय गरेको हो । दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालि तथा नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले दिएको रिटमा उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
नबिल बैंकसँग एन बैंक एक्विजेशन नगर्न भन्दै बैशाख १९ गते दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालि र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले वैशाख २२ गते रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले दुईवटा छुट्टै परेको रिटमा अल्पकालिन अन्तरिम आदेशको फैसला सुनाएको छ । अल्पकालिन अन्तरिम आदेशसँगै कारण देखाउ आदेशमा विपक्षीलाई जेठ ३ गते उपस्थित हुन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस