aarthiknews.com शनिबार, ११ असार २०७९   Saturday, 25 June, 2022
 
Blue Diamond

सम्पत्ति विवरण बुझाउने बढेपनि १५ हजारले अझै बुझाएनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ बैशाख २०७९
nabil bank
सम्पत्ति विवरण बुझाउने बढेपनि  १५ हजारले अझै बुझाएनन्
Global IME
LBF

काठमाडौं । पछिल्लो समय सार्वजनिक पदधारण गर्नेको संख्या बढ्दै गएको छ । सार्वजनिक पदधारण गर्नेको संस्था बढ्दै गएपछि सम्पत्ति विवरण बुझाउनेको संख्या पनि बढ्दै गएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६÷७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या बढेको छ ।

तर, गत आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ४०९ ले सम्पत्ति विवरण नबुझाएको पाइएको छ। सार्वजनिक पद धारण गर्नेहरूको संख्या बढ्दै गएको भएपनि सम्पत्ति विवरण नबुझाउने पनि उत्तिकै छन् ।  

आव २०७६र७७ मा कूल ६ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७र७८ मा कूल छ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन् ।

केन्द्रका अनुसार सङ्घीयतर्फ नौ हजार ७९७, प्रदेशतर्फ ५७४ र स्थानीय तहका पाँच जार ३८ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएका हुन् । 

प्रतिक्रिया दिनुहोस