aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

बीमा पोलिसी सरेन्डर गर्नेहरु बढ्दै, नेपाल लाइफका सबैभन्दा धेरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ बैशाख २०७९
nabil bank
बीमा पोलिसी सरेन्डर गर्नेहरु बढ्दै, नेपाल लाइफका सबैभन्दा धेरै
Global IME
LBF

काठमाडौं । एक महिना (चैत) मा १९ जीवन बीमा कम्पनीमा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या ७ हजारभन्दा बढी नाघेको छ । बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक वर्षको चैतमसान्तसम्म बीमितहरुले ७ हजार ७१२ बीमालेख सरेन्डर गरेका हुन् ।  

समितिको तथ्याङक अनुसार यस अवधिमा १९ जीवन बीमा कम्पनीको १ अर्ब ६६ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । 

चैत महिनामा राष्ट्रिय बीमा संस्थानको ९ करोड ७२ लाख ७४ हजार रुपैयाँ बराबरको १ हजार ९५६ बीमा पोलिसी सरेन्डर भएको छ । त्यस्तै, यसै अवधिमा नेपाल लाइफ इन्स्योरेन्स ४५ करोड ७४ लाख २१ हजार रुपैयाँ बराबरको २ हजार ७५५ बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ । 

यस्तै, सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको १३ करोड ४ लाख ४२ हजार रुपैयाँको ४९१ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ७ करोड ४२ लाख ५७ हजार रुपैयाँको ४५१ वटा, मेट लाइफको ४ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको ४९७ वटा, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड २२ लाख ४७ हजार रुपैयाँको ४८६ वटा र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १४१ वटा बीमा पोलिसी सरेन्डर भएको हो । 

त्यसैगरी, बीमितहरुले सूर्या लाइफ इन्योरेन्सबाट ६० लाख ४४ हजार रुपैयाँ बराबरको ९२ वटा, प्राइम लाइफ इन्स्योरेन्सको ४६ लाख ३९ हजार रुपैयाँ बराबरको ७३ वटा, आईएमई लाइफ इन्स्योरेन्सबाट ४ करोड १० लाख ७४ हजार रुपैयाँ बराबरको ३८५ वटा, युनियन लाइफ इन्स्योरेन्सबाट ८४ लाख ३३ हजार रुपैयाँको ४५ वटा र ज्योति लाइफ इन्स्योरेन्सबाट ७८ लाख ३ हजार रुपैयाँ बराबरको ४९ वटा बीमा पोलिसी सरेन्डर गरेको तथ्याङकमा उल्लेख छ ।  

समितिको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ लाख १२ हजार रुपैयाँ बराबरको १८ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको २४ लाख ४ हजार रुपैयाँ बराबरको ३१ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको २६ लाख १४ हजार रुपैयाँ बराबरको ३७ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको २६ लाख ४ हजार रुपैयाँ बराबरको ३७ वटा पोलिसी सरेन्डर भएको छ । 

त्यसैगरी, सोही अवधिमा बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट १ करोड ७४ लाख ७ हजार रुपैयाँ बराबरको ३१ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ६ करोड २९ लाख ५५ हजार रुपैयाँ बराबरको ७९ वटा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको १० लाख ११ हजार रुपैयाँ बराबरको २१ वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस