aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

अब बैंकहरु पनि हप्तामा दुई दिन बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ बैशाख २०७९
nabil bank
अब बैंकहरु पनि हप्तामा दुई दिन बन्द हुने
Global IME
LBF

काठमाडौं । आगामी जेठ महिनादेखि बैंकहरु पनि हप्तामा दुई दिन बन्द हुने भएका छन् । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसंगै बैंकहरु पनि हप्तामा दुई दिन बन्द हुने भएका हुन् । 

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा आगामी जेठ १ गतेदेखि लागू हुनेगरि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको जनाएको छ । हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ५ः३० बजेसम्म कायम गरिने समेत भएको छ । तर, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म कायम रहने भएको राष्ट्र बैंकले जनाएको छ । 

प्रत्यक्ष सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने एकै सेवाको लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सुनिश्चितता गरी कार्य सम्पादन गर्ने समेत राष्ट्र बैंकले जनाएको छ ।  


 

प्रतिक्रिया दिनुहोस