
काठमाडौं । सेञ्चुरी बैंकले १८ लाख २१ हजार ६० कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी बैंकले दिएको छ । शेयरको मूल्य बैंकले खुलाएको छैन् । इच्छुक आवेदकहरूले के कति रेटमा खरीद गर्न चाहेको हो सो समेत खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस