aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

राधी विद्युतलाई १४७ दशमलव ५२ प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ बैशाख २०७९
nabil bank
राधी विद्युतलाई १४७ दशमलव ५२ प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति
Global IME
LBF

काठमाडौं । राधी विद्युत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगको अनुमति पाएको छ । हकप्रद निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपूर्व आयोगको पूर्व स्वीकृति दिनुपर्ने व्यवस्था अनुसार राधीले स्वीकृति प्राप्त गरेको हो ।

राधीले यस वर्ष ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  उक्त बोनस शेयरपश्चात् कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम भएको छ । सोही पूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति दिएको हो ।

यस वर्ष हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको कम्पनीले शेयरधनीहरुका लागि हकप्रद शेयर समेत जारी गर्न लागेको हो ।  
 

प्रतिक्रिया दिनुहोस