प्रभु बैंककाे २ नयाँ शाखा कार्यालय सञ्चालनमा - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

प्रभु बैंककाे २ नयाँ शाखा कार्यालय सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
Sunrise bank
प्रभु बैंककाे २ नयाँ शाखा कार्यालय सञ्चालनमा
LBEF
IPS

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी शे–फोकसुण्डो शाखा कार्यालय र डुम्रे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३औं शाखा कार्यालयको रुपमा डुम्रे शाखा कार्यालय सोमबारदेखि एकैसाथ २ वटा नयाँ शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको हो । 

बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको समुद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्गज्युबाट विहान ९ः३० बजे एक समारोहका विच भएको हो । त्यसैगरी डुम्रे शाखा कार्यालयको समुद्घाट्न बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाज्यूले बिहान ९ः३० बजे एक समारोहकाबीच गरेको हो ।

बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको समुद्घाट्न गर्दै समारोहका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष टसि तुण्डुप गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको छ । 

यातायात, सञ्चार तथा विद्यूत आपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य उर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्रियता देखाई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको बताए । 

त्यसैगरी बैंकको डुम्रे शाखा कार्यालयको समुद्घाट्न गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि पुर्ण सिंह थापाले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको डुम्रे शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउनुहुँदै बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनुभएका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरेका थिए । 

आज देखि सञ्चालमा आएका शे–फोकसुण्डो तथा डुम्रे शाखा कार्यालयबाट प्रवाह हुने प्रभु बैंकको बैंकिङ्ग सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस