aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा प्राप्त शिलबन्दी बुधवार खोलिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ बैशाख २०७९
nabil bank
आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा प्राप्त शिलबन्दी बुधवार खोलिदै
Global IME
LBF

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र वैशाख २८ गते खोलिने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान ८ः३० बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने भएको हो ।

कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण तर्फको ८८ हजार ९३४ कित्ता शेयर वैशाख १२ गते देखि २१ गतेसम्म लिलामीमा विक्री गरेको थियो । यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको थियो । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी पेश भएका बोलपत्र मात्र बाँडफाँटमा सामेल हुने जानकारी विक्री प्रबन्धकले दिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । 
 

प्रतिक्रिया दिनुहोस