जमेको पानी खोल्न र्यापिड एक्सन टिम - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

जमेको पानी खोल्न र्यापिड एक्सन टिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
Sunrise bank
जमेको पानी खोल्न र्यापिड एक्सन टिम
LBEF
NCH-IPS

काठमाडौं । शहरका विभिन्न स्थानमा जम्ने पानी खोल्न काठमाडौं महागरपालिकाले र्यापिड एक्सन टिम गठन गरेको छ । विभिन्न ठाउँमा आगामी हप्ताबाट मंगल सफा गर्ने काम शुरु हुने भएको छ । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेको अध्यक्षतामा बसेको सरोकारवाला कार्यालयका अधिकारीको बैठकले सो निर्णय गरेको हो । यो काम सडक बिभाग, डिभिजन सडक कार्यालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ढल महाशाखा र काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागको समन्वयमा हुनेछ । 

बैठकले बिगतका वर्षमा पानी जमेका सडकको भौतिक अवस्थामा छलफल गर्दै, सडक बिभाग, डिभिजन सडक कार्यालय र काठमाडौं महानगरका वातावरण विभाग र नगर प्रहरी महाशाखा सम्मिलित र्यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको छ । 

तीनकुने क्षेत्रमा पानीको निकास नहुनुको कारण अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा निस्किएको माटो बर्षाले बगाएर त्यस क्षेत्रका ढल पुरिनु हो । बैठकले यो समस्या समाधान गर्न उड्डयन प्राधिकरणलाई विमानस्थल निर्माण गर्दा माटो नबग्ने विधि अपनाउन पत्राचार गर्ने निर्णय गरेको छ । 

बैठकमा डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कैलाश श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक ओकेन्द्रप्रसाद यादव, इन्जिनियरिङ् शाखाका प्रमुख मिलन शाक्य, खानेपानी लिमिटेडको ढल महाशाखा प्रमुख अर्जुनबाबु ढकाल, महानगरका निर्देशक नारायणबाबु भट्टराई, हरिबहादुर कुँवर, नगरप्रहरी नायब उपरीक्षक धनपति सापकोटा, उपनिर्देशक सरस्वती पोख्रेलसहितका अधिकारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस