लेदोले काठमाडौं आउने बाटो अवरुद्ध - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

लेदोले काठमाडौं आउने बाटो अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
Sunrise bank
लेदोले काठमाडौं आउने बाटो अवरुद्ध
सांकेतिक तस्वीर
LBEF
NCH-IPS

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका वडा नं ८ चारकिलोस्थित  राजमार्गमा आएको लेदोले सवारी साधन  अवरुद्ध बनाएकोे छ ।ग्रामीण सडक खन्दा व्यवस्थापनमा ध्यान नदिएका कारण कच्ची सडक खनेको स्थानको लेदो माटोले राजमार्ग अवरुद्ध बनाएको  बताइएको छ । प्रहरीले डोजर लगाएर बाटो सफा गरिरहेको छ ।

यसैगरी सोही राजमार्गको चारकिलोमा ना५ख ६६०५ नं को ट्रकले सडक छेउमा रहेको बिजुलीको खम्बामा ठक्कर दिँदा त्यहाँ रहेको दुई वटा खम्बा ढलेकाले सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । खम्बा ढलेपछि सो स्थानमा एकतर्फी सवारीसाधान सञ्चालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस