aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका शिक्षकविरुद्ध मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ बैशाख २०७९
नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका शिक्षकविरुद्ध मुद्दा
NIBL

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पाँचथरको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजु कुमार गक्षदारविरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगले शुक्रबार बिशेष अदालत काठमाडौंमा शिक्षक गक्षदारविरुद्ध शैक्षिक योग्यताको झुठ्ठा प्रमाणपत्र सम्बन्धी आरोप–पत्र दायर गरेको हो । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भनेर उनी विरुद्ध आयोगमा उजुरी परेको थियो । 

सोबारे आयोगले अध्ययन गर्दा गक्षदारले प्रावि तृतीय श्रेणी अस्थाई करार शिक्षक पदमा दरखास्तको लागि धुवाखोला आधारभूत विद्यालयमा Proficiency Certificate Level PCL को शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पुष्टि भएको आयोगको भनाई छ ।

उनले आफूलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ । गक्षदारििवरुद्ध भ्रष्टाचार निवारण ऐन सम्बन्धी सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । 

प्रतिक्रिया दिनुहोस