ग्लोबल आइएमई लघुवित्तको हकप्रद मंगलबारदेखि खुल्दै - Aarthiknews
aarthiknews.com मंगलबार, ०३ भदौ २०७६   Tuesday, 20 August, 2019
 

ग्लोबल आइएमई लघुवित्तको हकप्रद मंगलबारदेखि खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
Sunrise bank
ग्लोबल आइएमई लघुवित्तको हकप्रद मंगलबारदेखि खुल्दै
LBEF
NCH-IPS

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको मंगलबारदेखि हकप्रद सेयर बिक्री खुला हुने भएको छ । संस्थाको मंगलबार (साउन २१ गते) देखि १००५ हकप्रद सेयर बिक्री खुला हुन लागेको हो ।  प्रतिकित्ता १०० रुपियाँ दरले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको संस्थाको हकप्रदमा असार ३१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । भदौ २३ गते कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नु पर्ने हकप्रद बिक्रीका लागि बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्ने भएको छ ।
संस्थाको अधिकांश शाखा कार्यालय, बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिने जनाएको छ । ग्लोबल आइएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर जमल काठमाडौंमा भने चेकबाट मात्र दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।
संस्थाको यो हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट १००५ हकप्रद जारी गर्न थालेको हो । हकप्रद बिक्री गरेपछि चुक्ता पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस