aarthiknews.com विहीबार, १९ माघ २०७९   Thursday, 02 February, 2023
 
kalapathar

सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक शेयर विक्रीमा, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० बैशाख २०७९
nabil bank
kispangmun.gov.np/
सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक शेयर विक्रीमा, कहिलेसम्म आवेदन दिन सकिन्छ ?
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको २१ हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता शेयर विक्रीका लागि मंगलवार ३५ दिने सुचना जारी गरेको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू. ७०० तोकिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मिति भित्र तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । रितपूर्वक भरिएको गोप्य शिलबन्दी बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय चावहिल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन पर्न नआएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस