
काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकहरुमध्ये सबैभन्दा उपयुक्त देखिएका धीरजप्रताप सिंहलाई महानिरीक्षक पदमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को यही वैशाख १८ गते भएको बैठकले अतिरिक्त महानिरीक्षकहरुमध्ये सबैभन्दा उपयुक्त देखिएका सिंहलाई महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई महानिरीक्षक पदमा नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस